काठमाडौं उपत्यकामा १९४ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २५ पुस

काठमाडौं उपत्यकामा एकैदिन १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ३ सय ६२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ९४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ। जसमध्ये ९५ हजार ८ सय ८८ उपचारपछि निको भएका छन् भने ४ सय ७९ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार २ सय ३३ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ७ सय ८७ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ३० कुल संक्रमितमध्ये १ सय १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि १ सय ३३ जना उपचाररत छन्।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ५ सय २८ पुगेको छ। १५ हजार १ सय ५ जना डिस्र्चाज हुँदा १ सय ५१ जनाको मृत्यु भएको छ। ललितपुरमा २सय ७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *