२२४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १३८९ होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ पुस

देशभर हाल २ सय २४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७० आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३७ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ९ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा ४ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्।

यस्तै, देशभर हाल १ हजार ३ सय ८९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ४ हजार ६ सय ८१ सक्रिय संक्रमितमध्ये १ हजार ३ सय ८९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार २ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ८४, प्रदेश २ मा ६३, बागमती प्रदेशमा २ सय ४४, गण्डकी प्रदेशमा ३ सय १४, लुम्बिनी प्रदेशमा ३ सय ९९, कर्णालीमा ८ र सुदूरपश्चिममा १ सय ७७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *