शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ पुस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। गत २४ घण्टामा ३ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा १, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासीमा १ र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ४, नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा २, बर्दियामा १, बाँकेमा १५ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १३, कैलालीमा १८, डोटीमा २, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *