भनपा भित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २३ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीहरुको भेला बिहीबार सम्पन्न भएको छ ।
भेलामा प्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउँदै सामानहरु विक्री गर्दा विक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचविखन गरी उपभोक्ताको मन जित्ने ढंगले व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।


व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्पm सचेत हुनुपर्ने भन्दै उनले नगरपालिकाको बजेट नगरबासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समिति मार्पmत निर्माण कार्यलाई प्राथमिकता दिइरहेको र नगरबासीहरुको उत्थानको लागि नपाले आवश्यक नीति निर्माण गरिरहेको बताए ।  प्रमुख प्रजापतिले भनपा सम्पदा बचाउने अभियानमा लागेको बताउँदै भक्तपुरलाई सुन्दर नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिए । उनले व्यवसायीहरुले समयमै पसल दर्ता गर्नुपर्ने, नगरपालिकामा तिनुपर्ने कर तिर्नुपर्ने तथा सरसफाईमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पसल व्यवसायीहरुले पसलमा विक्री गर्ने सामानहरुको म्याद राम्रोसँग हेर्नुपर्ने, गुणस्तर चिन्ह प्राप्त खाद्यान्न मात्र विक्री वितरण गर्नुपर्ने बताउँदै व्यवसायीहरुले जनताको स्वास्थ्यसँग खेलवाड हुने काम कदापि गर्न नहुने बताए ।


भनपा वडा नं. ३ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले साना व्यवसाय फस्टाओस भन्ने चाहना नगरपालिकाको भएको बताउँदै साना पसल व्यवसायीहरु एक हुनुपर्ने बताए । उनले अहिलेको सरकार पूँजीपति वर्गको पक्षमा काम गर्र्ने भएकोले सरकारको व्यापार नीति साना व्यापारीहरुको पक्षमा नभएको उल्लेख गरे ।
भनपा वडा नं. ६ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवालले नपाले अनुगमन गरे पश्चात पसल–व्यवसायीहरुमा सुधार आएको तथा तिर्नुपर्ने कर सम्बन्धी व्यवसायीहरुमा सकारात्मकता आएको बताउँदै यसले नपाको आन्तरिक स्रोत बढाउन मद्दत पुगेको जानकारी दिए ।
कार्यपालिका सदस्य एवं बजार अनुगमन समितिका सदस्य रोशनमैंया सुवालले बजार अनुगमनका क्रममा भइरहेका अनियमिततासम्बन्धी जानकारी दिँदै अखाद्य बस्तुहरु विक्री वितरण नगर्न अनुरोध गरिन् । वडा निरीक्षक रामककृष्ण प्रजापतिले पनि बोलेको उक्त कार्यक्रममा सहभागी पसल–व्यवसायीहरुसँग पनि राय–सुझाव संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *