कोरोना अपडेट : अमेरिकामा ४९ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ बैशाख

कोरोना भाइरसको संक्रमणबाट अमेरकामा मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान ८ः१५ बजेसम्म अमेरिकामा मृत्यु हुनेको संखया ४९ हजार ८ सय ४५ पुगेको हो। अमेरिकामा २४ घण्टामा २ हजार ३ सय २५ जना मानिसको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर हालसम्म १ लाख ९० हजार ७ सय ४३ जनाको मृत्यु भएको छ। २४ घण्टामा संसारभर ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।

इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। स्पेनमान २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ। युकेमा मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ।

संसारभर २४ घण्टामा ८५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै विश्वमा २७ लाख ७ हजार ३ सय ५६ जना मानिस संक्रमित भएका छन्।

अमेरिकमा सबै भन्दाबढी मानिस संक्रमित भएका छन्। बिहिबार अमेरिकामा ३१ हजार भन्दा ज्यादा मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या  ८ लाख ६७ हजार ४ सय ५९ पुगेको छ।

स्पेनमा संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ।

इटालीमा १ लाख ८९ हजार  ९ सय ७३ जना मानिस संक्रमित भएका छन्। फ्रान्समा  १ लाख ५९ हजार ४ सय ६० जना मानिस संक्रमित भएका छन्।

जर्मनीमा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित भएका छन्। युकेमा संक्रमितको संख्या १ लाख ३९ हजार २ सय ४६ पुगेको छ ।

संसारभर ७ लाख ३८ हजार २७४ जना बिरामी उपचार पछि निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा उपचारपछि घर फर्किनेको संख्या १ लाख ३ हजार ३ सय पुगेको छ। स्पेनमा ८९ हजार २ सय ५० जना मानिस निको भएर घर फकिसकेका छन्। अमेरिकामा घर फर्किनेको संख्या ८० हजार ४५ पुगेको छ। चीनमा ७७ हजार ९ सय ३७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। इरानमा घर फर्किनेको संख्या ६४ हजार ८ सय ४३ पुगेको छ।

इटालीमा ५७ हजार ५ सय ७६ जना निको भएर घर फर्किसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा बिहिबार १ हजार ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन्। ४० जनाको मृत्यु भएको छ। यो सँगै भारतमा संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ। ७ सय २१ जनाको मृत्यु भएको छ। ५ हजार १२ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा २४ घण्टामा ९ सय ८१ संक्रमित थपिएका छन्। २३ जनाको मृत्यु भएको छ। यो सँगै पाकिस्तानमा संक्रमितको संख्या ११ हजार ५७ पुगेको छ। २ सय ३५ जनाको मृत्यु भइसकेको छ। २ हजार ३ सय ३७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा ४ हजार १ सय ८६ जना मानिस संक्रमित भएका छन्। १ सय २७ जनाको मृत्यु भएको छ। बिहिबार बंगलादेशमा ४ सय १४ जना संक्रमित थपिएका थिए भने ७ जनाको मृत्यु भएको थियो। निको भएर घर फर्किनेको संख्या १ सय ८ पुगेको छ।

अफ्गानीस्तानमा  संक्रमितको संख्या १ हजार २ सय ७९ रहेको छ। ४२ जनाको मृत्यु भएको छ। १ सय ७९ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। २४ घण्टामा १ सय ३ जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको तथ्यांक रहेको छ।

श्रीलंकमा ३८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ सय ६८ पुगेको छ। १ सय ७ जना निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा बिहिबार २२ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ८ पुगेको छ। १६ जनाको मृत्यु भएको छ।

नेपालमा बिहिबार ३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४८ पुगेको छ। १० जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना मानिस संक्रमित भएका छन्। ३ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *