काठमाडौं उपत्यकामा १९७ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १९ पुस

पछिल्लो २४ घण्टामा काठमाडौं ८७ महिला र ११० पुरुष गरी १९७ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९७ हजार ६०८ जना संक्रमित भएका छन्, जसमध्ये ४७५ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ५६२ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ३३० जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ८६१ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९१८ संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५६८३ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ५७१ ललितपुरमा ३२३  र भक्तपुरमा १०७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *