पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ५ असार

पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ।

उक्त अवधिमा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *