आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १९ पुस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। गत २४ घण्टामा ४ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सोलुखुम्बुमा १ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ।प्रदेश २ को धनुषामा ३ र महोत्तरीमा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ९६, धादिङमा ४, नुवाकोटमा ५, भक्तपुरमा ११, मकवानपुरमा २, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासी पूर्वमा १०, पर्वतमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा १, बाँकेमा २, रुकुम पूर्वमा १ र रुपन्देहीमा १३ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ९ र कैलालीमा ४ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *