२३४ आइसियु र भेन्टिलेटरमा, १९६६ संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ पुस

देशभर हाल २ सय ३४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ आइसियु र २ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा छ।

बागमती प्रदेशमा ७० आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १ हजार ९ सय ६६ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ४ सय ८७ कुल सक्रिय संक्रमितमध्ये १ हजार ९ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा ९१, प्रदेश २ मा ३६, बागमती प्रदेशमा ७ सय ६, गण्डकी प्रदेशमा २ सय ९७, लुम्बिनी प्रदेशमा ४ सय ६७, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *