बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ मंसिर

प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, वागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नलवपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको रुकुम पश्चिममा ४  जना  कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ र  बाजुरामा ८ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *