४ सय २९ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ मंसिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय २९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३ सय ६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ जना आइसियु र ३४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ११ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ७ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् ।

यस अघि मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

नेपालमा २ लाख ३६ हजार २ सय ४६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये  २ लाख १८ हजार १ सय ६१ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *