आज काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए, काठमाडौंमा ४ र ललितपुरमा ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ६ हजार ३०२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ।

ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २१४ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ७२६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।

आज काठमाडौमा ७ हजार ६६४, ललितपुरम १ हजार ४९४ र भक्तपुरमा ५८९ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ६१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

२४ घण्टामा १ हजार ४३७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

आज देशभर १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ४१२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *