पछिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १२ असाेज
पछिल्लो २४ घण्टामा देशभर एक हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पिअिसार परीक्षण गर्दा ९०४ र दुई हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ३१८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार ८२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार १२५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २९७ संक्रमित छन् भने  ३६४ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३२८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर  दुई लाख ८ हजार ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *