औषधिको मूल्य समायोजनका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारको निर्देशन 

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ माघ

सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा औषधिको मूल्य निर्धारण, मूल्य समायोजन तथा विभागको पुनर्संरचनाका विषयमा छलफल भएको थियो।

सो छलफलबाट विभागलाई औषधिको मूल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुनर्संरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए। यस्तै औषधि ऐनलाई पनि समयसापेक्ष रुपमा परिवर्तन गर्ने विषयमा पनि छलफल भएको भट्टराईको भनाइ छ।

बैठकमा विभागका महानिर्देशक भट्टराई, विभागका सूचना अधिकारी सन्तोष केसी, औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी, राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी लगायत सहभागि थिए।

छलफलमा सहभागि औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधिको आपूर्ति सहजिकरणको विषयमा पनि छलफल भएको बताए।  यस्तै औषधिको मूल्य समायोजनका विषयमा पनि छलफल भएको थियो। सम्वद्ध पक्षको छलफलपछि सरकारले औषधिको मूल्य समायोजनका लागि औषधि व्यवस्था विभागले कार्यविधि बनाएर पेस गर्ने र प्रधानमन्त्री कार्यलयले सहजिकरण गर्ने निर्णय भएको छ।

यस्तै औषधि व्यवस्था विभागलाई चुस्त, दुरुस्त बनाउन पुर्नसंरचना गर्ने, आयातित औषधिको मूल्यको विषयमा सहजिकरण गर्ने निर्णय भएको अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *