नाली सफाइले जनतामा राहत

अर्थ/वाणिज्य समाचार

तुलसा कार्की

भक्तपुर, २६ असार


धादिङ धुनीवेसी नगरपालिका – २ र काठमाडौंको पिपलामोड अर्थात चन्द्रागिरी नगरपालिकाको समन्वयनमा पिपलामोडबाट महेस फाँटसम्मको नाली सरसफाइ भएको छ । उक्त सफाइ कार्यालयमा जनताले नै स्वयम् श्रमदान गरेका थिए ।
नाली सरसफाइले स्थानीय बासिन्दा नै बढी लाभान्वित हुने बताउँछन् धुनीवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य । उक्त कार्यक्रममा मेयरदेखि विभिन्न समाजसेवी, बुद्धिजीवीहरुले पनि भाग लिएका थिए । नाली सफाइ भयो भने आफ्नो खेतबाटो तथा घरमा बर्खाको भेलको पानी नआउने र स्थानीयलाई धेरै भन्दा धेरै राहत पुग्ने र स्थानीयलाई धेरै भन्दा धेरै राहत पुग्ने बताउँछन् स्थानीय समाजसेवी मुस्कान तामाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *