आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० कात्तिक

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ७७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ५ सय ६५ महिला र ९ सय १२ पुरुष छन्।

प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सोलुखुम्बुमा १३ र सुनसरीमा २६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १, बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १ सय ३३ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ४, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा २ र रुपन्देहीका ९१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ६, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *