भक्तपुरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली

विशेष समाचार समाचार

भक्तपुर १३ फागुन


नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग शनिबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख आयुक्त सुशिलचन्द्र ज्ञवालीको नेतृत्वमा आएको टोलीले भेट गरे।

उक्त टोलीले भक्तपुर नपा वडा नं. १ स्थित निर्माणाधिन भाजुपोखरी, सिद्धपोखरी, भक्तपुर दरबार क्षेत्र, कला संग्रहालय, न्यातपोल मन्दिर र भैरवनाथ मन्दिरको स्थलगलत अवलोकन गरे।
भेटमा आयुक्त ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि भक्तपुर नगरपालिबाट सहयोगका लागी आग्रह गरेकोमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सहयोग सकारात्मक रहेको बताउनुहुँदै काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा सबैको साझा सम्पदा भएको र यसको संरक्षण र सम्बद्र्धन गर्नु पनि साझा कर्तव्य भएको बताए।
प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरु उपभोक्ता समिति र जनसहभागितामा सम्पन्न भएको जानकारी गराउँदै विदेशी सहयोग विना नै भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्य भइरहेको बताए ।
काठमाडौंको रानीपोखरीको पुनःनिर्माण कार्य काठमाडौं महानगरपालिकाले काठमाडौं विकास प्राधिकरणलाई सुम्पेको बताउँदै प्रमुख आयुक्त ज्ञवालीले भक्तपुरको पुनःनिर्माणबाट आफूहरु प्रभावित भएको र रानी पोखरी पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाबाट सहयोगको अपेक्षा गरेको बताए ।
भक्तपुरको पुननिर्माणबाट निकै प्रभावित भएको बताउँदै उनले रानीपोखरी पुननिर्माण कार्य अब छिट्टै सुरू हुने जानकारी गराए।

उक्त भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं। ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नंं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र पर्यटन अधिकृत गौतमप्रसाद लासिवाको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *