२४ घण्टामा २७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ७३ हजार ४ सय ३० जना संक्रमित  उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *