काठमाडाै‌ं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २४१६० पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ।

काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा  १ हजार १२७ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टा १ हजार ५७  जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ५६ हजार ४२८ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *