काठमाडौंमा दुई सहित १० जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ असाेज

पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु  भएको हो। हालसम्म नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४९१  पुगेको छ।

मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय,  चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सर्लाहीका ७२ वर्षिया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *