चितवन,९ जेठ
सामुदायिक वनमा गरिएको पर्यटन पूर्वाधारमा गरिएको स्तरोन्नतति संँगै यहांँका अधिकांश सामुदायिक वनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वच्छ शान्त वातावरणमा प्रकृतिको दृश्यावलोकन, वन्यजन्तु अवलोकनका साथै मनोरञ्जन गर्न सकिने भएकोले यसतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो ।
चितवनका ज्ञानेश्वर सामुदायिक वन, कुमरोज सामुदायिक वन, कंकाली सामुदायिक वन,वरण्डाभर सामुदायिक वन तथा जलदेवी सामुदायिक वन पर्यटकको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय सामुदायिक वनमा पिकनिक, जंगल सफारी, पौडी पोखरी, पार्क, चिडियाखाना लगायत स्थानीय परिकारहरु समेत खान पाइने भएकोले पनि सामुदायिक वनमा पर्यटकको चाप बढ्दै गएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको ज्ञानेश्वर सामुदायिक वनमा दैनिक आन्तरिक पर्यटकको भीड हुने गरेको वनका अध्यक्ष राजन अधिकारी बताउंँछन । ‘यहांँ विभिन्न ठाउंँबाट पिकनिक खान, घुम्न तथा नारायणीको दृश्यावलोकन गर्नेको भीड हुन्छ,’ उनले भने । उनका अनुसार नारायणगढबाट नजिकै रहेको हुनाले पनि यहांँ पर्यटकको आगमन बढेको हो । आम्दानी संँगै वनले यहांँको पूर्वाधारमा समेत स्तरोन्नति गर्दै लगेका छन । यहांँ अहिले ११ वटा पर्यटक विश्रामस्थल आधा दर्जनभन्दा बढी पिकनिक स्पट, आकर्षक उद्यान, वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना रहेका छन ।
भविष्यमा यस क्षेत्रमा खुल्ला पौडी पोखरी र सामुदायिक होमस्टे सञ्चालन गर्ने योजना रहेको अधिकारीले बताए । यस्तै नारायणगढको नाकैमा रहेको जलदेवी सामुदायिक वन क्षेत्रमा पनि आन्तरिक पर्यटकको आर्कषण उत्तिकै वढेको छ । मुख्य राजमार्गले छोएको यस वनमा बाल उद्यान, आकर्षक पार्क, इतिहास झल्काउने व्यत्तिका मुर्ति, वन्यजन्तुका मूर्ति राखिनुका साथै सभाहल राखिएकोले विहान बेलुकानै पर्यटकको चहलपहल बढेको छ ।
वनका अध्यक्ष केशव बहादुर थापाका अनुसार यहांँ पोखरीको निर्माण गरेर डुंगा चलाउने तयारी गर्नुका साथै आउंँदो असोजसम्म साहसिक खेल जीपलाइन ल्याइने तयारी भइरहेको छ । ‘वनमा रहेका दाउरा विक्रीबाट मात्र आयआर्जन सकिदैन, उनले भने यसलाई पर्यटकीय गतिविधिसंँग जोड्न सके आम्दानी हुनुका साथै रोजगारीको सिर्जना समेत हुन्छ ।’ चितवन जिल्लाको केन्द्रमा र मुग्लिङ्ग नारायणसडकमा जोडिएको हुनाले यस सडक भएर जाने यात्रुहरुसमेत आउने गरेको थापाले बताए ।
यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिकाको कंकाली सामुदायिक वन र कुमरोज सामुदायिक वनमा समेत पर्यटक आउने क्रम बढेको छ । बिशेषरी कुमरोज सामुदायिक वनमा जीप सफारीको लागि आन्तरिक साथै बाह्य पर्यटक बढी आउने गर्दछन । जीपमा सफारी गर्दा वनको हरियाली एवं रमणीय वातावरण हेर्न पाउनुका साथै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न पाइने हुनाले अफसिजनमा समेत आन्तरिक पर्यटक आउने गरेको हो । नगरपालिकाका प्रमुख लालमणी चौधरीका अनुसार यहांँ स्थानीय थारुबोटेका संस्किृत लगायत परिकारहरुसमेत पाइने हुनाले सामुदायिक वनमा आउने गरेका हुन । ‘यहांँ मुख्य आकर्षको रुपमा दराईबोटे ताल र अहिले सामुदायिक होमस्टे पनि सञ्चालनमा छ’ उनले भने । सोही नगरपालिकाका रहेको कंकाली सामुदायिकमा समेत आन्तरिक पर्यटकको चहलपहल वढ्दो छ । ऐतिहासिक ठाउंँ भएको र यहांँ कंकाली माताको मन्दिर रहेकोले पनि पर्यटकहरु खालीनै नहुने वनका अध्यक्ष वेलबहादुर अधिकारी बताउंँछन । उनका अनुसार यहांँ चितवन लगायत छिमेकी जिल्ला समेत देखिने गरी पांँछवटा भ्यूटावर भएकोले यहांँबाट दुर्लभ वन्यजन्तुको साथै अन्य दृश्यावलोकनको लायि पर्यटक आउने गरेका हुन । यहांँ पौडी पोखरी एवं जैविक ताल लगायतका संरचना भएका कारणपनि आन्तरिक पर्यटकको चाप बढ्ने गरेको हो । पर्यटकीय गतिविधिबाट अधिकांश सामुदायिक वनले आम्दानी गर्दैगएपछि जिल्लाका अन्य सामुदायिक वनले समेत पर्यटकीय गतिविधिलाई जोड दिन थालेका छन ।