७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ असाेज

पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ५४ हजार  ६ सय ४० जना संक्रमित  उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ९८ हजार ४ सय ७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४जना  रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –५०२६
प्रदेश २– १३१७६
बाग्मती प्रदेशमा –१५२१५
गण्डकी प्रदेशमा –३२८५
प्रदेश ५मा –८४६७
कर्णाली प्रदेशमा –२८५५
सुदूरपश्चिम प्रदेशमा ६६१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *