वि.सं. २०७७ असोज १० गते शनिबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १० असाेज

वि.सं. २०७७ असोज -१०,शनिबार ,ई.सं.२०२० सेप्टेम्बर- २६,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-दशमी , २१:४४ बजे उप्रान्त एकादशी,नक्षत्र-उत्तराषाढा, २३:०५ बजे उप्रान्त श्रवण,योग-अतिगण्ड , २४:१४ बजे उप्रान्त सुकर्मा ,करण-तैतिल १०:०३ बजेदेखि गर , २१:४४ बजे उप्रान्त वव,चन्द्रराशि-मकर,आनन्दादि योग-राक्षस,सूर्योदय-०५:५४ सूर्यास्त – १७:५४, दिनमान- २९ घडी ५८ पला,सर्वार्थसिद्धि योग २३:०५ बजेपछि। शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक २ रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्तको विश्वास पर्दा आत्मघाती हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,सुनचाँदी, गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,खानेकुरामा विचार पुर्याउनु होला, गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नै बुद्धि विवेक ले गरेको काम सफल हुनेछ,अपरिचित व्यक्तिसँग भेटघाट हुनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,सामाजिक कार्यमा ध्यान नजादा विरोध आउने छ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

झुटको आरोप लाग्न सक्छ,चोट पटक लाग्ने योग छ, लामो दूरीको यात्रा नगर्नुहोला,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

साथीभाइसँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,शरिरमा छातिसँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ, समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो दूरीको यात्रा नगर्नुहोला, पहिलेको सफलताले पनि हौसला जगाउनेछ, साथीभाइको विश्वास पर्दा आत्मघाती हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खानेकुरामा विचार पुर्याउनु होला, परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *