भक्तपुरमा पुलुकिसीे र मुपात्र जात्रा सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १३ असोज


भक्तपुरमा शनिवार(आज) पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा सम्पन्न भएको छ ।

आठ दिनसम्म मनाइने इन्द्र जात्राको अन्तिम दिन आज पुलुकिसी भक्तपुरको लाकुलाछें टोलबाट सुरु भई पोटरी स्क्वायर, नासमना, इटाछें, दरबार स्क्वायर, बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी, इनाचो, गोल्मढी हुँदै टौमढी हुँदै लाकुलाछेंमै पुगेर जात्रा सम्पन्न भएको हो ।

लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ । नगर परिक्रमा गराउने क्रममा एक जनाले पुलुकिसीको भित्र बसी घन्टा बजाउँदै पुलुकिसी आएको संकेत गर्दछ ।

जात्रामा परम्परागत बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गरिन्छ । जात्राका क्रममा पुलुकिसीलाई वंशगोपाल, सूर्यमढीमा धान खुवाइने, दरबारस्क्वायरमा आगो ताप्ने र सूर्यमढीको तला तुन्छी ९इनार०मा पानी खुवाउने प्रचलन रहेको छ ।

पुलुकिसी जात्रासँगै शनिबारै आकाश भैरवको खट जात्रा, याँमता ९आकासेबत्ती० र तीन दिन मनाइने मूपात्र जात्रा समेत सम्पन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *