Wednesday, May 15, 2024

चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने

विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाताकाठमाडाैं, १४ बैशाख

वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्।

निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएको जनाइएको छ । ती संस्थाबाट २० हजारभन्दा बढी पर्यवेक्षक चुनावमा खट्दै छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ६८ संस्थाका २० हजारभन्दा बढीले पर्यवेक्षणका लागि प्रस्ताव गरेका छन् ।

अब ती प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यवेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्नेछ। साथै आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत खुलाइदिनेछ ।

पर्यवेक्षकहरूलाई यही वैशाख १४ मा आयोगले अभिमुखीकरण पनि दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *