बुधबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ। गत २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा ९, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ४४, संखुवासभामा १ र सुनसरीमा ३७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा ३, बारामा ४, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा २१ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा १, धादिङमा १४, नुवाकोटमा २, भक्तपुरमा ९५, मकवानपुरमा १६ र ललितपुरमा ५० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ५, तनहुँमा ६, नवलपरासी पूर्वमा १०, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ५, बाग्लुङमा २ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा १६, गुल्मीमा २८, दाङमा २, नलवपरासीमा ५, पाल्पामा १३, प्युठानमा ५, बर्दियामा १९, बाँकेमा ३० र रुपन्देहीमा ६७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा ४९, सुदूरपश्चिमको अछाममा २२, कञ्चनपुरमा ३, कैलालीमा १४, डोटीमा १७, दार्चुलामा २, बझाङमा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *