९ हजार १ सय ८६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बुधबार १७ हजार ४ सय १४ जना संक्रिय संक्रमितमध्य ९ हजार १ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार ५ सय १६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १ हजार ५ सय २२, प्रदेश २ मा ७ सय २५, प्रदेश ५मा ७ सय १७, सुदूरपश्चिम प्रदेशमा १९५, गण्डकी प्रदेशमा १८६ र कर्णाली प्रदेशमा २२५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *