८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ असाेज

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार १८ हजार १ सय ४२ जना संक्रिय संक्रमितमध्ये ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार २ सय २० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ३ सय ४१, प्रदेश २ मा ८८४, प्रदेश ५मा ७ सय १७, सुदूरपश्चिम प्रदेशमा १९४, गण्डकी प्रदेशमा २८६ र कर्णाली प्रदेशमा २०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *