हेटौँडा, १२ पुस
व्यापारिक संस्था वितरक महासङ्घ नेपालको केन्द्रीय अधिवेशन पुस २१ गते हेटौँडामा हुने भएको छ । महासङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।
देशभर ३५ जिल्लामा शाखा भएको महासङ्घको महाधिवेशनमा ३५ जिल्ला बाट २५० प्रतिनिधि तथा १५० पर्यवेक्षकसमेत उपस्थित हुने महाधिवेशन तयारी समितिका संयोजक डिलाराम तिवारीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल वितरक महासङ्घका केन्द्रीय अध्यक्ष डम्बरबहादुर थापाले वितरक तथा अधिकृत विक्रेतालाई राज्यले कुनै पनि अधिकार नदिएको विक्रेतालाई दलालको रुपमा हेरेको भन्दै आफूहरु नाफामूलक मात्र नभएर सेवामूलक व्यवसायमा विश्वास राख्ने बताए ।
मकवानपुरका चार सहकारीलाई गुणस्तर प्रमाण
महिलाको आर्थिकस्तर उकास्न र आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मकवानपुरका चार सहकारी संस्थाले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा सफलता प्राप्त गरी गुणस्तर प्रमाण ब्राण्ड प्राप्त गरेका छन् ।
ब्राण्ड प्राप्त गर्न विभिन्न छ वटा सहकारीले आवेदन दिएकोमा चार वटा सहकारीले मात्र निश्चित मापदण्ड पु¥याउन सकेको जिल्ला सहकारी सङ्घकी अध्यक्ष राधा सिन्तानले जानकारी दिए । ब्राण्ड प्राप्त गर्ने सहकारीमा महिला जागरण साकोस, मकवानपुर गढी, महिला अभियान साकोस, भीमफेदी, महिला मिलन साकोस हेटौँडा र महिला जनचेतना साकोस हेटौँडा रहेका छन् । यो ब्राण्ड प्राप्त गर्न ८६ वटा सूचकअनुसार संस्थालाई सुधार गर्नुपर्ने र तोकिएको समयभित्र मापदण्ड पूरा गर्ने सहकारीले मात्र प्राप्त गर्नसक्ने सहकारीकर्मी बद्री लम्सालले जानकारी दिए ।