बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३१ भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुर,ओखलढुंगा र खोटाङमा १/१, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा ३५ र सुनसरीमा ७० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ३, पर्सामा ७, बारा, महोत्तरी र रौतहटमा १/१, सप्तरीमा ४४, र सिरहामा २ सय ७४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा १, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १, भक्तपुरमा २५, मकवानपुरमा ४९, रामेछापमा १, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा १९,  तनहुँमा ३, नवलपरासी पूर्वमा ५, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ४, पाल्पामा २,  बर्दियामा २, बाँकेमा ४४, रुपन्देहीमा ४५ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ३३ र सुर्खेतमा १४, सुदूरपश्चिमको कञ्चनपुरमा अछाममा १ र कैलालीमा १४ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *