बढी भीडभाड हुने सरकारी कार्यालयहरु बिहीबारदेखि र मालपाेत कार्यालय आइतबारदेखि खुल्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २५ भदाैsharethis sharing button

गत भदौ ३ गतेदेखि लागु गरिएको निषेधाज्ञासँगै बन्द भएका काठमाडौँ उपत्यकाका बढी भीडभाड हुने कार्यालयहरु बिहीबारदेखि खुल्ने भएका छन्। उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो हुने भएसगैँ सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न लागेका हुन्।

निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उपयोग गर्दै सेवा सुचारु गर्ने तयारी गरेका हुन् । बढी भीडभाड  हुने यातायात कार्यालय, वाणिज्य विभाग, उद्योग विभाग लगायतका कार्यालयहरु बिहीबारदेखि र मालपोत तथा नापी कार्यालयहरु आइतबारदेखि खुल्ने जनाइएकाे छ ।

यातायात कार्यालयहरुले बिहीबारदेखि निश्चित सेवा सुचारु गर्ने भएका छन् । जसमा लाइसेन्स नवीकरण, प्रमाणीकरण, प्रतिलिपि र बन्दाबन्दी अघि ट्रायल पास भएकाहरुलाई रसिद दिने गरि कार्यालय सञ्चालनको तयारी गरिएको जनाइएको छ । यातायात अन्तरगत सानोभञ्याङ, एकान्तकुना, चाबहिल र जगाती कार्यालय खुल्नेछन् ।

कार्यालय खुल्ला भएतापनि लाइसेन्स वितरण, नयाँ सवारी दर्ता, नामसारी, ब्लुकुक नवीकरण र नयाँ लाइसेन्सको ट्रायल सेवा भने तत्काल सञ्चालन नहुने भएका छन् ।

यसैगरी वाणिज्य विभाग  र उद्योग विभागले स्वास्थ्य सुरक्षाको उपयोग गर्दै विस्तारै सेवासुचारु गर्ने तयारी भएको जनाएका छन् । काठमाडौँ उपत्यकाभित्रका मालपोत तथा नापी कार्यालयले भने आइतबारदेखि मात्र सेवा सुचारु गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *