आज बिहानदेखि ललितपुरमा कर्फ्यू

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

ललितपुर, १९ भदाै

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टका अनुसार, ललितपुर महानगरभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यू लगाइएको हो।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ। स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।

जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।’

  जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्ति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *