१ सय ४८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटर उपचार गराउँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ भदाै

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढिरहेको थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ४८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार १६ जना भेन्टिलेटरमा र १३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७० जना आइसियु र  १३ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ४ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *