यसवर्ष इन्द्रजात्रा र मच्छेगाउँको पुरुषोत्तम मेला स्थगित

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, १५ भदौ


काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. १ स्थित दहचोकमा मिति २०७७ भदौं १६ र १७ गते हुने इन्द्रदह स्नान मेला तथा चन्द्रागिरि नगरपालिका वडा नं. ९ को मच्छेगाउँमा असोज २ गतेदेखि शुरु हुने पुरुषोत्तम मास (अधिक मास) मत्स्यनारायण मेला विश्वव्यापी महामारीको रुपमा आएको कोभिड १९ का कारण स्थगन गरिएको छ ।


नगरका विभिन्न वडासमितिहरुको निर्णयलाई ध्यानमा राखी उक्त दुवै स्थानहरुमा हुने मेला तथा जात्रा पर्वहरु कोरोना महामारी संक्रमणका कारण यसवर्ष नहुने नगरपालिकाक प्रमुख घनश्याम गिरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *