वृक्षरोपण कार्यक्रम समापन

समाचार

तुलसा कार्की
भक्तपुर, २६ असार


नेपालगञ्ज स्थित कोहलपुरबाट बाकेमा रहेको सिर्जना सामुदायिक वनमा वृक्षरोपण सम्पन्न भएको छ । उक्त कार्यालयमा कोहलपुर नगरपालिकाको मेयर लुत बहादुर रावतका साथै उक्त वनको अध्यक्ष दशरथ पराजुली लगायत विभिन्न समाजसेवी तथा संस्थाका सदस्यहरु उक्त कार्यक्रममा सहभागी थिए ।
उक्त वृक्षरोपण कार्यक्रममा चिउरी लगायत अन्य धेरै विरुवा रोपियो भने विभिन्न किसिमका फूलका बोटहरु पनि रोपेको थियो । उक्त कार्यक्रममा बोल्दै मेयर लुत बहादुरले भने, “कुनैपनि ठाउँको विकास गर्नुछ भने वनजङ्गल विकास गर्नुपर्छ ।” साथै उक्त वनका अध्यक्ष दशरथ पराजुली भन्छन, “वनमा वृक्षरोपण गरियो भने उपभोक्ता समितिले सजिलै वन उपभोग गर्न पाउँछ भने अन्य थुप्रै कुरामा समेत फाइदा हुन्छ ।” यसैगरी स्थानीय बासिन्दा आफूले वनका लागि दुःख गरे आफैलाई घाँस, दाउरा लगायत अन्य कुरामा धेरै फाइदा हुने बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *