पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ भदाै

पछिल्लो २४ घण्टामा देभभर १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१ पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, सुनसरीका ६० वर्षिय मोरङको ६२ वर्षिय, महोत्तरीका ७० र ३५   वर्षिय,  रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *