कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
एजेन्सी, ७ मंसिर

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर १७ लाख ९ सय ३२ संक्रमितको मृत्यु भएको हो। हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ८७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ।

यस्तै, भारतमा १ लाख ४५ हजार ८ सय १०, मेक्सिकोमा १ लाख १८ हजार २ सय २, इटालीमा ६९ हजार २ सय १४ र बेलायतमा ६७ हजार ७ सय १८ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या हिसाबले पनि अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १ करोड ८० लाख ६ हजार ६१ जना संक्रमित भएका छन्। भारतमा १ करोड ५५ हजार ५ सय ६०, ब्राजिलमा ७२ लाख ६३ हजार ६ सय १९ र रुसमा २८ लाख ५० हजार ४२ जना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *