वागीश्वरीमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ फागुन

वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रमका साथ विहीवार मनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताए । उनले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन आमाबाबुले बेलैमा सचेत पार्नुपर्ने अन्यथा पछुटाउनुपर्ने बताए । कानुन र संविधानले दिएको पर्याप्त अधिकारको सदुपयोग गर्नुपर्ने बताउँदै महिला पछि पर्नुको कारण महिला नै भएको उनको भनाइ छ ।


कार्यक्रममा शिक्षकहरु हरिप्रसाद बास्तोला, हिरालाल फुँयाल, प्रजापति खनाल, विद्यार्थीहरु रघुनन्दन महतो, विष्णुमाया तामाङ, विनिता कोइराला, अञ्जली बनमाला, सेलिजा सापकोटालगायतले नारी दिवसबारे स्पष्ट पारेको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु सुमित्रा श्रेष्ठ, रमेश बुढा, रिचा पराजुली, सविना कार्की, प्रकाश रोकाय, पुष्कर मानन्धर, झरना विक, कोपिला कार्की, मुकुन्द बहादुर रोकाया, सरिना तामाङ, निकिता गोले, अनिशा थापा, युवराज विक, दुर्गा बस्नेत, देवराज विक, केशव विक, राधिका बेकोजु, रसिला मानन्धर, रोजिना खड्कालगायले कविता, गीत, गजल, मुक्तक, निबन्धलगायतका विधा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *