स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयोमाघ ८ गतेबाट नयाँ शुल्क कार्यान्वयनमा आउने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ माघ

स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक शुल्क घटाएको छ। बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो।

बोर्डको आइतबार बसेको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ। यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट रु २०० र इमरजेन्सी प्याकेज कस्ट रु ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क रु ५० र इमरजेन्सी शुल्क रु १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ।

यसअघि ओपीडी र आकस्मिक शुल्कलाई प्याकेज भनेर केही परीक्षणका विषय पनि राखिएको थियो। तर उक्त विषय पूर्ण कार्यान्वयनमा नआएपछि अहिले प्याकेज शुल्क भनेर नभनी ओपीडी र आकस्मिक टिकट शुल्क मात्र भनिएको बोर्डका एक कर्मचारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *