भक्तपुरको बालबिकास इ.से. स्कुलका विद्यार्थीहरु जुजु धौ बनाउने कला सिक्दै

कला/साहित्य विचार विशेष समाचार समाचार
अनुषा भैनात्व
भक्तपुर, २ साउन
भक्तपुर  नगरपालिकाको  वडा नं. ८ लिवालीमा रहेको बाल विकास ई.से. स्कूलले आफनो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुरको ’जुजु धौ’ बनाऊने प्रशिक्षण  दिएको छ । भक्तपुर नगरपालीकाले हालेै  लागु गरेको पाठ्क्रम अन्तर्गत सो विद्यालयले आफना विद्यार्थीहरुलाई उच्चस्तरको ’जुजु धौ’ बनाउने प्रयोगात्मक प्रशिक्षण कक्षा सञ्चालन गरेको हो । उनीहरु आफैंले जुजु धोै बनाउने अभ्यास गरेका थिए ।
’जुजु धौ’ नेपालीहरु माझ मात्र नभई विदेशीहरु माझ पनि उत्तिकै लोकप्रिय छ । भक्तपुर घुम्न आउने स्वदेशी हुन् या विदेशी यहाँको  ‘जुजु धौ’ खान सबै लालायित हुन्छन् । भक्तपुर घुम्न आएर पनि “जुजु धौ” नखाई फर्र्कदा  घुमाई फिका हुने उनीहरुको अनुभव छ । भक्तपुरको जस्तो उच्चकोटीको स्वादिलो दहि अन्त कहिं पाईदैन । त्यसैले यसलाई “जुजु धौ” अर्थात दहिको राजा मानिन्छ । यहाँको  कला , संस्कृति, रीति–रिवाजका  अलावा भक्तपुरको ’जुजु धौ’ नेपालमा मात्र नभई विदेशमा पनि उतिकै प्रसिद्घ छ । ’जुजु धौ’ समग्र भक्तपुरलाई चिनाऊने एउटा चिनारी माध्यम पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *