मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ː अधिकाँश पुरानै नीतिलाई निरन्तरता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३ फागुन

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा ː अधिकाँश पुरानै नीतिलाई निरन्तरता

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केहि परिवर्तन बाहेक अधिकाँश पुरानै नीतिलाई निरन्तरता दिएको छ। फागुन २ गते भर्चुअल माध्यमबाट मौद्रिक नीतिको समिक्षा गदै गभर्नर अधिकारीले अहिले लिएको नीतिले नै आर्थिक गतिविधिलाइ सहयोग पुगेको भन्दै ठुलो परिवर्तन नगरिएको जानकारी दिए ।
केन्द्रिय बैंकले ऋण पुनर्तालिकीकरण गर्नको लागि भने थप समय दिएको छ। राष्ट्र बैंकले विशेष गरी पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुमा अझै समस्यामा रहेकोले २०७८ साल असार मसान्तसम्मका लागि एक पटकका लागि पुनर्तालिकीकरण गर्ने सुविधा दिएको हो ।
पुनरतालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ पतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था छ। यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था थियो।
त्यसैगरी विद्युतिय कारोबारलाइ प्रोत्साहन गर्न सिमामा पुनरावलोकन गर्ने अधिकारीले बताए ।
समीक्षामा अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात लगायतका विद्यमान व्यवस्थालाई यथावत राखिएको छ। लोन टु भ्यालु रेसियो पनि हाललाइ यथावत छ ।
१० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनाहरुलाई पुनर्कर्जामा प्राथमिकता दिने केन्द्रीय बैंकले जनाएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकारीले अहिले निक्षेप परिचालन उत्साहजनक रहेको जानकारी गराउँदै अधिकारीले कर्जा लगानी अझै उत्साहजनक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *