देशभर ३९१६ कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ भदाै

कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार शनिबार देशभर ३ हजार ९ सय १६ जना संक्रमित होम आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार १ सय ८२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश ५ मा २८६, प्रदेश १ मा २६६, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २६ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।

होम आइसोलेनसमा बस्नेको संख्या शुक्रबार ३ हजार ५ सय ८६, बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *