कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ६१ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ४ मंसिर

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ६१ लाख नाघेको छ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ६१ लाख  ७८ हजार ३ सय ८७ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाख १७ हजार ४ सय ५५ पुगेको छ। त्यस्तै भारतमा ८९ लाख १२ हजार ९ सय ७, ब्राजिलमा ५९ लाख ४५ हजार ८ सय ४९ र रुसमा १९ लाख ७५ हजार ६ सय २९  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ लाख ४८ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ४८ हजार ६०० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ५० हजार ४ सय २६,  ब्राजिलमा १ लाख ६७ हजार ४ सय ५५, मेक्सीकोमा  ९९ हजार २६, बेलायतमा ५३ हजार ३ सय ६८, इटालीमा ४७ हजार २ सय १७ जनाको मृत्यु भएको छ

विश्वभर तीन करोड ६० लाख ९१ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

बिहीबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५३ लाख ८३ हजार ३ सय ८५, अमेरिकामा ४३ लाख ५० हजार ७ सय ८९, रुसमा १४ लाख ८९ हजार ८ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख १२ हजार ९ सय १७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ८२ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् भने एक हजार २ सय  ५९ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८९ लाख १२ हजार ९ सय ७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३० हजार ९ सय ९३ पुगेको छ। भारतमा हालसम्म ८३ लाख ३५ हजार १ सय ९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ६३ हजार ३ सय ८० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार २ सय ३० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २५ हजार  ७ सय ८८ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार ७ सय ९५ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार २ सय ७५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ५४ हजार ७ सय ८८ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४३ हजार ८ सय ५१ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ३ सय ८४ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ४ सय ६ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १८ हजार ४ सय २  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ६९ छ भने निको हुनेको संख्या १२ हजार ५ सय ८७ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५६ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *