१३५ जना कोरोना संक्रमितको आइसियुमा र १२ जनाको भेन्टिलेटरमा उपचार हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ भदाै

केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

१२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जना र  १२ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १६, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार १ सय ४८ जना, बिहिबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *