अछाममा भिषण बाढी-६ जनाको शव भेटियो, दर्जनौं वेपत्ता

विशेष समाचार समाचार

न्यूज अपडेट

अछाम, ३ भदाै

अविरल वर्षासँगै आएको बाढीका कारण अछाम जिल्लामा दर्जनौं घर बगाएको छ । बाढीका कारण दर्जर्नाै व्यक्तिहरु वेपत्ता भएका छन् भने ६ जनाको शव फेला परेको छ ।

बाढीले घर, खेत र पुल बगाएको छ । जिल्लाको रामारोशन गाउँपालिकामा अहिले सम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका(३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

त्यस्तै कैलाश खोलाको पक्की पुल बगाएको छ भने, पुल नजिक रहेका पसलहरु समेत बगाएको छ । कयाैं व्यक्तिहरु बाढीमा परि वेवत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *