भक्तपुरमा सार्वजनिक यातायातहरु भदौ ३ देखि १५ गतेसम्म बन्द

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार सार्वजनिक यातायात बन्द गर्ने विषयमा बैठक बसेको छ ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएको देखिएको हुँदा संक्रमण समुदायस्तरमा फैलिन नदिन भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भोलि भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *