लेखनाथको बेगनास ताल किनारमा माछा महोत्सव

पर्यटन मनोरञ्जन समाचार

कास्की,९ जेठ


पोखरा महानगरपालिका २७ बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ । सात तालको बगैचा शरहको नामले परिचित लेखनाथ क्षेत्रमा उत्पादन भएका माछाका बिभिन्न परिकारको साथै स्थानीय कला संस्कृति, कृृषि उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेस्यले पाँचौ बेगनास फिस फेष्टिवल तथा कृषि व्यापार मेलाको आयोजना गर्न लागिएको हो ।
होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथ र जिल्ला मत्य व्यवसायि समितिको आयोजनामा यही जेठ १३ देखि २० गते सम्म माछा महोत्सव हुन लागेको हो । महोत्सवमा बिभिन्न जातका माछाका परिकार प्रमुख आकर्षण रुपमा रहने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवमा व्यवासयीक माछापालन गर्ने किसानका लागि जानकारी मुलक स्टल समेत राखिने महोत्सवका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले बताए ।
‘बेगनास ताल र रुपा तालमा २३ प्रजातीका माछा पाइन्छ । स्थानीय जातका माछा संरक्षण गर्ने र माछा तथा कृषि जन्य उत्पादनको प्रबद्र्धन गर्ने उदेस्यले महोत्वसवको आयोजना गरिएको हो’ संयोजक तिमिल्सिनाले भने। ‘स्थनीय उत्पादसंग आन्तरिक तथा बाह्यि पर्यटकको प्रबद्र्धन गर्नु नै महोत्सवको उदेस्य हो।’
पोखरासंगै रहेको भएपनि बेगनास क्षेत्रमा पोखरा पुग्ने मध्ये २० प्रतिशतमात्र पर्यटक पुग्ने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । त्यहाँ पुगेका मध्ये जम्मा १० प्रतिशत पर्यटक मात्र बेगनास क्षेत्रमा बस्ने गरेको स्थानीय होटल ब्यवसायी उमेश क्षत्रीले बताए। प्रत्येक बर्ष थपीदै गएका सुबिधा सम्पन्न होटलको कारण बिस्तारै आन्तरिक तथा बाह्यि पर्यटकको आगमन बृद्धी हुदै गएको उनले बताए।
महोत्सव सञ्चालन गर्नका लागि २५ लाख खर्च लाग्ने र २८ लाख आम्दानी हुने आयोजकको अनुमान छ। महोत्सवबाट बचत भएको रकम बेगनास ताल संरक्षण र सामाजिक कार्यमा खर्च गरिने होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गा अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *