न्यूज अपडेट
काठमाडाैं, २९ साउन

सूचना तथा प्रसारण विभाागले पत्रकारहरुको नयाँ प्रेस प्रतिनिधि प्रमाण पत्र ननविकरण, अनलाइन सञ्चार माध्यम तर्फ पुन दर्ता दर्ता नविकरण र प्रकाशन तर्फका सेवाहरु तत्कालको लागि स्थगन गरेको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रीपरिषदको निर्णयलाई मभ्ध्यनजर गर्दै तत्कालको लाागि उक्त कार्य बन्द गरिएको जनाएको छ । विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन प्रयासरत रहेको र विद्यमान कानूनी व्यवस्थामा पास बनाउन तथा नवीकरण गर्न कार्यालयमै आउनुपर्ने भएकाले कोरोना संक्रमणको जोखिमका कारण तत्कालका लागि सेवा स्थगन गरेको विभागले जनाएको छ।
‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्न सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको विभागले निकालेको विज्ञप्तिमा भनिएको छ ।

