पाल्पा १९ बैशाख
कुनै समय घरका ढोकामा लगाउने साँचो भन्नासाथ बगनासे साँचोको नै नाम मात्र होइन प्रयोग तथा उपयोग बढी हुने गर्दथ्यो ।
बगनासी साँचो संगसंगै गाउँका १० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारिको अवसर समेत प्राप्त गरेका थिए । बगनासको साँचो पाल्पा मात्र नभइ गुल्मी, स्याङ्जा, प्युठान, रुकुम, रोल्पा जिल्लाका घर घरमा बगनासे साँचो नै प्रयोग गर्ने चलन थियो । साँचो तयार गर्नेहरुलाई हिउँदोको याममा भ्याइ नभ्याइ हुने गरेको पुराना उद्यमी टेक बहादुर विश्वकर्मा बताउछन् । तर आजभोली साँचो मात्र नभइ साँचो तयार गर्ने कालीगढ समेत एक पछि अर्को गरि हराउदै गएको उनले बताए ।
साविकको चापपानी गाविसमा पर्ने बगनास डाँडामा बसोबास गर्ने विश्वकर्मा समुदायले फलामको काम संग संगै साँचो तयार गर्ने त्यसैबाट आफ्नो घर खर्च चलाउदै आएको अवस्था थियो । तर बजारमा घरेलु सीप र प्रविधिको प्रयोगबाट निर्मित साँचोको विकल्पमा मेसिनद्धारा निर्मित कम मुल्यमा आधुनिक साँचोको प्रयोग बढ्न थालेपछि बगनासे साँचो हराउदै गएको उनीहरुको भनाइ छ ।
पुरानो सीप र प्रविधि प्रयोगबाट निर्मित साँचो आधुनिकको तुलनामा बलियो र भरपर्दो मानिएपनि यस्ता साचो तयार गर्ने काममा युवा पुस्ताको ध्यान नपुगेका कारण हराउदै गएको हो । बगनासकाली गाउँपालिका ९ बगनासको डाडामा बसोबास गर्ने विश्वकर्माहरुलाई समय सापेक्ष आधुनिक तालिम र प्रविधि तर्फ सहयोग नभएका कारण साँचो बनाउने कार्य हराउदै गएको स्थानिय पुराना उद्यमी देव बहादुर विश्वकर्माले बताए । फलामका १५⁄१६ टुक्रा जुटाएर बनाउने गरेका टेक बहादुर भन्दछन् कुनै समय घरैबाट दैनिक २० देखि २५ वटा विक्रि हुन्थ्यो । तर आजभोली समय सापेक्ष को मुल्य नपाउदा पनि यो साँचो हराउन पुगेको हो । बाबु बाजेको समय देखिनै यो व्यवसायि अगांलेका हरु मेहनत र परिश्रम अनुसार मुल्य नपाएकै कारण एक पछि अर्को गरि हराउदै गएको स्थानिय बासिन्दा सन्त बहादुर वि.क ले बताए ।
एकातर्फ सीपको पुस्ता हस्तान्तरण हुन नसक्नु अर्को तर्फ मेहनत अनुसारको मुल्य नहुँदा सीप सिकेकाहरुले पनि बैकल्पिक व्यवसाय रोज्नुु परेको अनुभव बताउदै स्थानिय देव बहादुर भन्दछन् साचो बनाउने काम छाडेर बजारमा भाडा बनाउने व्यवसाय अंगालेको बताए ।
एक दशक अघिसम्म अघिसम्म १० जना बढी उद्यमीले बनाउर्दैं आएको साँचो अहिले एक जना उद्यमीको भरमा धानिएको छ । पछिल्लो समय सिपको पुस्ता हस्तान्त्रण हुने प्रयास भएपनि उत्पादनले बजारमा उचित मुल्य नपाउनु र युवा पुस्तामा सिप प्रतिको चासो नहुनाले गाउँका युवा वैदेशिक रोजगारीमा लागेको स्थानीय सुरेश विश्वकर्माले बताए । अहिले बजनासमा सुरेशको बुबाले मात्र साचो निर्माण गर्दै आएका छन । बगनासे साँचोको प्रर्वधनका लागि बगनासकाली गाउँपालिकाले अघिल्लो वर्ष साँचो बनाउने उद्यमलाई विस्तार गर्न अनुदान उपलब्ध गराएको थियो । गाउँपालिका लगायत वडा कार्यालय र विभिन्न निकायहरुमा बगनासे साचो लगाउने प्रचलन बसालेर साचाँेको प्रर्वधनमा गाउँपालिका लाग्ने गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले बताए । उनले आगामी दिनमा पनि पुरानो बगनासे साचोलाई प्रवद्र्धन गर्नेतर्फ आफूहरु लागीपरेको बताए । त्यसका लागि युवाहरुलाई आकर्षित गरि परम्परा र सस्कृति झल्किने घरेलु सीप र प्रविधिको प्रयोग गरि तयार गरिने यस्ता साँचो उद्योगका रुपमा स्थापना गरि विकास गर्न सकिए स्थानिय तहमै राजगारिको अवसर प्राप्त हुने भएप्नि स्थानिय सरकार संगसगै प्रदेश र संघसरकारले समेत सहयोग गरेको खण्डमा बगनासको साँचो पुर्नजिवित हुने प्रयोग कर्ताहरु बताउछन् ।