वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २७ समउन


धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत सात दिन पूर्णरुपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसरभित्र समेत कोरोना संक्रमण देखिाएकाले संक्रमण फैलिन नदिन र रोकथामका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरिएको प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *